जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय

३० भदौ, काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

आज सपथ र पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचनाबारे टुंगो लाग्न बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

उनले भेन, ‘जुन जनधनको क्षति भयो । ज्यादती भयो त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो ।यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।, ‘त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो ।’

उनले उक्त आयोगमा को को हुने भन्नेबारे टुंगो नलागेको भन्दै सकेसम्म पूर्वन्यायाधिश नै आयोगको संयोजक हुनेगरी अघि बढ्ने तयारी गरिने पनि उनले बताए ।