असोज १ गते शोक दिवस मनाइने, सार्वजनिक बिदा पनि

३० भदौ, काठमाडौं । सरकारले बुधबार १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पर्सि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै  त्यस दिन सार्वजनिक बिदा दिने र ज्यान गुमाएका सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय मन्त्रीपरिषद वैठकले गरेको पनि उनले बताए ।