१३ वर्षीया विद्यार्थी बलात्कार अभियोगमा प्रधानाध्यापक पक्राउ

२ कार्तिक,खोटाङ । आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन्।

१३ वर्षीया आफ्नै विद्यार्थी बालिका (छात्रा)लाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन्।

असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार बालिका प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइ्न।