Author: सगरमाथा प्रेस

‘गोदावरी फूल प्रदर्शनी’ हुँदै

‘गोदावरी फूल प्रदर्शनी’ हुँदै

अर्थतन्त्र, कृषि, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रदर्शनीमा नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइनेछ । व्यावसायिक रूपमा उत्पादन भएका गोदावरीका विभिन्न जात र यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने उह...
चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
१० कात्तिक,काठमाडौं ।सरकारले चलचित्र निर्माणका लागि विभिन्न विधामा साढे तीन करोड रुपैयाँसम्मको अनुदान दिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यसका लागि आवेदन दिन आह्वान गरेको छ । सूचना जारी भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न यो विशेष अनुदान दिन लागिएको हो।यसले स्थानीय कला, संस्कृति, रहनसहन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत भइसकेको छ । चलचित्र निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरी आवेदन दिन सकिने छ । एउटा चलचित्र निर्माणका लागि पटकथा लेखन,प्रोडक्सन र पोस्ट प्रोडक्सनमा छुट्टाछुट्टै अनुदान प्राप्त गर्न सकिनेछ । यस हिसाबले एउ...
दसैँ बिदापछिको पहिलो दिन सेवाग्राही र कर्मचारीको न्युन चहलपहल

दसैँ बिदापछिको पहिलो दिन सेवाग्राही र कर्मचारीको न्युन चहलपहल

कानुन, ताजा अपडेट, बिशेष, समाचार
९ कात्तिक,काठमाडौं ।बडादशैँको बिदा सकिएसँगै सबै सरकारी कार्यालय खुलेका छन्। दशैँको बिदा ६ दिन र नियमति साप्ताहिक ३ दिन बन्द रहेका कार्यालय ९ दिनपछि लामो सार्वजनिक बिदा सकिएसँगै सञ्चालनमा आएका हुन्। दसैँको अवसरमा सरकारले दिएको लामो बिदापछि पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम रहे पनि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा विभागहरूमा कर्मचारीको उपस्थिति पातलो  छ। केही दिनभित्रै कर्मचारीहरूको पूर्ण उपस्थिति हुने र प्रशासनिक कामकारबाहीले नियमित गति लिने सरकारी अधिकारीहरूले बताएका छन्।  बिदाका कारण रोकिएका महत्त्वपूर्ण प्रशासनिक कामहरू केही दिनमा तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।  ...
आजबाट एनपिएलको तेस्रो संस्करण सुरु हुँदै,लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजबाट एनपिएलको तेस्रो संस्करण सुरु हुँदै,लुम्बिनी र सुदूरपश्चिम भिड्दै

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
९ कार्तिक,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज सोमबारबाट सुूरू हुँदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरू हुने उद्घाटनमा भिड्दै गरेको टिम फाइनल खेलीसकेको र उपाधी जितीसकेको टिम हो । खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। सो खेलको प्रधानमन्त्री बालेन्द्र साहले उद्घाटन गर्दै छन्। लुम्बिनीको टिममा कप्तान रोहित पौडेल,सन्दीप जोरा,शेर मल्ल, दीनेश अधिकारी,दीलिप नाथ,किशोर महत्तो टोलीका प्रमुख घरेलु खेलाडी हुन्। लुम्बिनीको टिममा अघिल्लो संस्करणमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल नामिबियाका रुवेन ट्रम्पलम्यान,अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोशन डिकवेला,बंगलादेशका समिमा हुसैन जस्ता विदेशी खेलाडीको साथ लुम्बिनीलाई छ। दीप...
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
९ कात्तिक,काठमाडौँ । सरकारले यही कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको  छ ।  आर्थिक वर्ष २०८३–०८४ को  पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष दसैँ परेकोले कात्तिकको १७ र १८ गतेलाई सारिएको हो ।  भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । यस पटक सबै क्षेत्रमा गरि करिब २१ लाख बालबालिलाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारी तथ्यांक छ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाएको छ। बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन सुरु गरिएको हो ...
मौंसम पूर्वानुमान : कस्तो रहनेछ आजको मौसम ?

मौंसम पूर्वानुमान : कस्तो रहनेछ आजको मौसम ?

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ कात्तिक,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज बुधबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तर बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।...
आज बडा दशैं : टीका लगाउँदा कता फर्किने ? देवी विसर्जनको साइत कति बजे ?

आज बडा दशैं : टीका लगाउँदा कता फर्किने ? देवी विसर्जनको साइत कति बजे ?

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
४ कात्तिक, काठमाडौं ।बडादशैं अर्थात विजया दशमीको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । यसको उत्तम साइत १० बजेर २६ मिनेट रहेको छ ।  विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ। दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ ।सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ । दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशको जल अभिषेक गरी इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । अनि दैलामाथि टीका लगाउने गरिन्छ । ...
नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३ कार्तिक,काठमाडौँ। नेपाली सेनाले धादिङ र गोरखा जिल्ला जोड्ने आरुघाटस्थित बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। बूढीगण्डकी नदीमा आएको बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि नेपाली सेनाले बेलीब्रिज जडान गरेको हो। सेनाले असोज ३१ गतेदेखि जडान कार्य सुरु गरी कात्तिक १ गते सम्पन्न गरेको थियो।  ९० फिट (२७.४३ मिटर) लम्बाइ र १३.७८ फिट (४.२ मिटर) चौडाइको बेलीब्रिज जडान भएपछि धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास सेनाले लिएको छ। यसबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्नसमेत सहज हुनेछ।  ...
दसैँमा काठमाडौँमा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

दसैँमा काठमाडौँमा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३ कार्तिक,काठमाडौँ। बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। दसैँमा सार्वजनिक यातायात सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका तीनवटा रुटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरिएको हो। प्रहरीले उपलब्ध गराएको पहिलो रुटको बस नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ।  दोस्रो रुटको बस नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एअरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार भएर पुनः नक्साल पुग्नेछ। त्यसैगरी तेस्रो रुटको बस नक्सालबाट सुरु भएर सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसप...
बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ

बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३१ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । नेपाली सेनासहितको टोलीले सो फूलपाती हनुमानढोका भित्राएपछि दशैंको रौनक बढेको छ । यसैबीच दशैंको फूलपातीको अवसरमा काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले बढाइँ गरेको छ । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाईं समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।  ...