Author: सगरमाथा प्रेस

सन्दीप लामिछाने बलात्कार प्रकरणः आज उच्च अदालतमा पेशी

सन्दीप लामिछाने बलात्कार प्रकरणः आज उच्च अदालतमा पेशी

खेलकुद, ब्यानर-१, समाचार
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको लामिछानेको मुद्दा गत वैशाख २३ गते हेर्न नमिल्ने सूचीमा परेको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । लामिछानेले जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, समाचार
काठमाडौँ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी,बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश र बाँकी पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राती लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। कोशी प्रदेश लगायत बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।...