Author: सगरमाथा प्रेस

व्यासमा स्थानीय तह निर्वाचनको पुनः मतगणना गराउन अदालतको आदेश

ताजा अपडेट, राजनीति
पोखरा । तनहुँको व्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । निर्वाचन सकिएको दुई वर्षपछि पुनः मतगणना गराउन अदालतले आदेश दिएको हो । मंगलबार निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो । नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए । उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।...
आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, समाचार
काठमाडौँ । जल तथा मौसम पूूर्वानुमान महाशाखाका अनुुसार आज कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराई भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आँकलन छ।  ...
‘१० महिनामा ६० प्रतिशत बजेट खर्च’

‘१० महिनामा ६० प्रतिशत बजेट खर्च’

अर्थतन्त्र, राजनीति
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत मात्र देखिएको छ । वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।...

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

कला, ताजा अपडेट, शिक्षा, समाचार, साहित्य
काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको आज निधन भएको छ । ९१ वर्षीय नेपालको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ । उपचारका लागि उनलाई १० दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।नयराज पन्तका शिष्य समेत रहेका उनको नेपालको महाभारत चर्चित पुस्तक हो ।त्यस्तै नेपाल निरुक्त,यात्रा त्रयी,नेपाल निरुपण,नेपाल भोट-चीनसम्बन्धनका केही सांस्कृतिक पक्ष पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन्।नेपालका २ छोरा छन् ।...
सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले बताइन् । राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।...
ग्लोबल आइएमईले पायो ‘बेस्ट बैंक अवार्ड’

ग्लोबल आइएमईले पायो ‘बेस्ट बैंक अवार्ड’

अर्थतन्त्र, समाचार
काठमाडौँ । ग्लोबल आइएमई बैँकले ‘बेस्ट बैंक अवार्ड’ पाएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको ‘बेस्ट बैंक अवार्ड–२०२४’ बाट सम्मान गरेको हो । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको बताइएको छ । म्यागेजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य–अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो । ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, ...
सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी

खेलकुद, समाचार
काठमाडौँ । बलात्कार अभियोगमा दोषी ठहर सन्दीप लामिछानेको मुद्दा आज उच्च अदालत पाटनमा सुनुवाइ अहिले चलिरहेको छ । क्रिकेटर लामिछानेको मुुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा परेको छ । यही वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा परेको थियो । मंगलबार सन्दिपको मुुद्दा एक नम्बरमा नै परेको थियो । त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिररा...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अर्थतन्त्र, समाचार
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूूल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मूूल्यमा सात सयले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।...
वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । विभिन्न वाणिज्य बैंकहरुले  ब्याजदर घटाएका छन् ।जसअनुसार बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ७ प्रतिशत कायम गरेका छन् । निक्षेप बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै गएका हुन् । गत वैशाख महिनामा औसत ब्याजदर ७.५ प्रतिशत रहेकोमा चैतमा घटाएर ७ प्रतिशत कायम गरेको हो ।सोमबार वाणिज्य बैंकहरूले जेठका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कुल २० वाणिज्यमध्ये नौ बैंकहरूले घटाएका हुुन् । जसमा नबिल बैंक, एभरेष्ट र सिटिजन्स इन्टरनेसनल बैंकले ब्याजददर ०.५ प्रतिशत विन्दुका दरले घटाएका छन् ।यस्तै,एनएमबि बैंक,सिटिजन्स इन्टरनेसनल बैंक,सिद्धार्थ बैंक,प्राइम कमर्सियल बैंक,सानिमा बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकले भने ब्याजदर बढाएका छन् । यसैगरी हिमालयन बैंक,प्रभु बैंक, कुमारी बैंक,माछापुच...

नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै

अर्थतन्त्र, राजनीति, समाचार
काठमाडौँ । आज सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुुहुनेछ । वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले अभ्यास गर्दै आएको छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न आह्वान गरिएको छ।...