
काठमाडौँ । विभिन्न वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।जसअनुसार बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ७ प्रतिशत कायम गरेका छन् । निक्षेप बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै गएका हुन् ।
गत वैशाख महिनामा औसत ब्याजदर ७.५ प्रतिशत रहेकोमा चैतमा घटाएर ७ प्रतिशत कायम गरेको हो ।सोमबार वाणिज्य बैंकहरूले जेठका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कुल २० वाणिज्यमध्ये नौ बैंकहरूले घटाएका हुुन् ।
जसमा नबिल बैंक, एभरेष्ट र सिटिजन्स इन्टरनेसनल बैंकले ब्याजददर ०.५ प्रतिशत विन्दुका दरले घटाएका छन् ।यस्तै,एनएमबि बैंक,सिटिजन्स इन्टरनेसनल बैंक,सिद्धार्थ बैंक,प्राइम कमर्सियल बैंक,सानिमा बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकले भने ब्याजदर बढाएका छन् ।
यसैगरी हिमालयन बैंक,प्रभु बैंक, कुमारी बैंक,माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् ।त्यस्तै,लक्ष्मी सन्राइज बैंक,नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि अघिल्लो महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।कृषि विकास बैंकको ब्याजदर पनि स्थिर रहेको देखिन्छ ।
जेठ महिनामा एनएमबि बैंक र एनआइसी एसिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । यी दुवै बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ७.८ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन् । सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ ।सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
नबिलले पनि ब्याजदर घटाएर ७.८ प्रतिशत पुर्याएको छ ।त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६.५ प्रतिशत पुर्याएको छ ।नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, लक्ष्मी सन्राइज बैंक,सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर ७ प्रतिशत कायम राखेका छन् ।माछापुच्छ्रे बैंकको ब्याजदर ७.२५ प्रतिशत पुगेको छ भने कुमारी बैंकको ७.२६ प्रतिशत कायम छ ।कृषि विकास बैंकको ब्याजदर ५.६६ प्रतिशत छ । सानिमा बैंकले ब्याजदर घटाएर ६.९ प्रतिशत कायम राखेको छ ।
