
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूूल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मूूल्यमा सात सयले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ ।
सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
