
काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको आज निधन भएको छ । ९१ वर्षीय नेपालको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
उपचारका लागि उनलाई १० दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।नयराज पन्तका शिष्य समेत रहेका उनको नेपालको महाभारत चर्चित पुस्तक हो ।त्यस्तै नेपाल निरुक्त,यात्रा त्रयी,नेपाल निरुपण,नेपाल भोट-चीनसम्बन्धनका केही सांस्कृतिक पक्ष पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् ।
नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन्।नेपालका २ छोरा छन् ।
