Author: सगरमाथा प्रेस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सुुरु गर्याे पुनर्जागरण अभियान

अर्थतन्त्र, समाचार
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही १ जेठदेखि २५ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बिमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नुपर्ने भएकाले यो अवसरको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध समेत गरेको छ ।...

प्रतिनिधिसभाको बैठक चार बजेदेखि

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज चार बजेलाई सरेको छ । बिहान ११ बजेका लागि भनिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसको सहमतिबिना नचल्ने भएपछि केही समयका लागि सारिएको हो । सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । सो संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।...

वीरगञ्जबाट ४० अर्ब भन्दा बढी राजस्व सङ्कलन

अर्थतन्त्र, समाचार
वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताए। ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ’, उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो।’ भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ।...
फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार छ सयले बढेर एक लाख ४० हजारमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ३८ हजार चार सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको छ ।...
आज मदन–आश्रित दिवस

आज मदन–आश्रित दिवस

राजनीति, समाचार
काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी मदन–आश्रित दिवस मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै दिवस मनाइँदैछ । यस अवसरमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी )ले विभिन्न् कार्यक्रम आयोजना गर्दैछन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उनीहरुको निधन भएको थियो । भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले हालसम्म पनि पालना गर्दै आएको छ।...

एमाले रुपन्देहीले सार्यो अधिवेशन

राजनीति, समाचार
रुपन्देही । नेकपा एमाले रुपन्देहीले यही जेठ १६ र १७ गते हुने भनिएको अधिवेशन सारेको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनका लागि नभ्याउने भएपछि जेठ २३ र २४ गतेका लागि अधिवेशन सारेको हो । जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनोटको समय पनि सर्ने बताए । एमाले रुपन्देहीको नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले दाबेदारी पेश गरेका छन् । सचिवमा बाबुराम पन्थी र युवराज घिमिरेले तयारी गरेका छन् भने उपसचिवका लागि धेरै जनाले आकांक्षा राखेका छन् । रुपन्देही एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा,पुर्व मुख्यमन्त्री लिला गिरीसहितका शीर्ष नेताहरुको गृहजिल्ला पनि हो । जसका कारण रुपन्देहीको जिल्ला अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।...
डोटीबाट नक्कली डाक्टरसहित दुई जना पक्राउ

डोटीबाट नक्कली डाक्टरसहित दुई जना पक्राउ

ताजा अपडेट, समाचार
डोटी । डोटीबाट नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले राजपुरमा शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।...
घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । सरकार डिजेल, मट्टीलेल र पेट्रोलको मूल्य घटाएको छ । बिहिबार बिहान १ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।...

अन्नपूर्ण क्षेत्रः दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरे भ्रमण

पर्यटन, समाचार
गण्डकी । पदयात्राका लागि प्रसिद्ध मानिएको अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटकले भ्रमण गरेका छन् । पर्यटन विभागको तथ्यांकअनुसार गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । सो अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजनाले जनाएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।...
तार भूमिगत गरेका स्थानबाट इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन

तार भूमिगत गरेका स्थानबाट इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गरेको स्थानबाट इन्टरनेटको तार हटाउन निर्देशन दिएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाका पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युत्का पोलहरू क्रमैसँग हटाइने र इन्टरनेटको तारसमेत हटाउन प्राधिकरणले निर्देशन दिएको हो । प्राधिकरणले आज एक सूचना जारी गर्दै ती स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई निर्देशन दिएको हो ।...