Author: सगरमाथा प्रेस

विस्तार हुँदै ‘पेट्रोलियम पाइप लाइन’

विस्तार हुँदै ‘पेट्रोलियम पाइप लाइन’

अर्थतन्त्र, ताजा अपडेट, समाचार
हेटौँडा । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिटै सुरु हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”, उनले भने, “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ...
अडियो उपन्यास ‘अधुरो प्रेम’मा आधारित चलचित्र बन्दै

अडियो उपन्यास ‘अधुरो प्रेम’मा आधारित चलचित्र बन्दै

मनोरन्जन, समाचार
काठमाडौँ । कथावाचक साइग्रेस पोखरेलको अडियो उपन्यास 'अधुरो प्रेम'मा आधारित रहेर चलचित्र बन्ने भएको छ । शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'वर्ड टुर विथ साइग्रेस' को ६० औं शृंखलामा साइग्रेस आफैँले चलचित्रको घोषणा गरेका हुन्। घोषणासँगै उनले थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । चलचित्रको शीर्षक समेत अडियो उपन्यासको नामबाट नै राखिएको छ। चलचित्र 'अधुरो प्रेम' लाई शिशिर खातीले निर्देशन गर्नेछन्। चलचित्रको कार्यकारी निर्मातामा अर्जुन सुवेदी छन्। उपन्यास साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेका थिए । उपन्यासलाई हालसम्म ६२ लाखभन्दा बढी पटक सुनिएको छ। उनी युवा पुस्तामाझ स्टोरी टेलरका रुपमा परिचित छन् ।...
सुनको मूल्यमा नयाँ किर्तिमान

सुनको मूल्यमा नयाँ किर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्यले आज नयाँ किर्तिमान राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेको हो । आज छापावाला सुन एक लाख ४० हजार नौ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन एक लाख ४० हजार दुई सयमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य समेत बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय १० पुगेको छ ।...
बैशाख महिनामा मात्र १६ सय विपद्का घटना

बैशाख महिनामा मात्र १६ सय विपद्का घटना

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । यस वर्षको बैशाख महिनामा मात्र देशभर १६ सय विपद्का घटनाहरु घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागी, वन्यजन्तुको आक्रमण, वन डँढेलो लगायतका घटनाहरु घटेका हुने । ती घटनाबाट ४२ जनाको मृत्यु भएको छ भने १६७ जना घाइते भएका छन् । यस्तै २ हजार ९ परिवार प्रभावित बनेका छन् । त्यसबाट ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । एक हजार ४१५ जना घाइते भएका छन्। वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन् । चट्याङबाट ९ जनाको मृत्यु भएको छ। यसबीचमा अविरल वर्षात्का कारण बाढी पनि आएको थियो। जसमा एक जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांकअनुसार जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको छ।...
अफगानिस्तानमा बाढीः झण्डै ५० जनाको मृत्यु

अफगानिस्तानमा बाढीः झण्डै ५० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । अफगानिस्तानको घोर प्रान्तमा फेरि भीषण वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनेको छ । सो प्रान्तमा आएको बाढीले झण्डै ५० जनाको मृत्यु भएको छ भने हजारौँ घरहरू ध्वस्त भएको अधिकारीहरूले जनाएका छन् । अझै केही मानिसहरु हराइरहेको बताइएको छ । बाढीले सडकहरु भत्किएपछि उद्दारमा कठिनाइ भइरहेको प्रहरीहरुले बताएका छन् ।...
फेवातालको मापदण्ड घटाउन सर्वोच्च अदालतमा रिट

फेवातालको मापदण्ड घटाउन सर्वोच्च अदालतमा रिट

ताजा अपडेट, समाचार
पोखरा । फेवातालको मापदण्ड घटाउन ताल किनारका जग्गाधनीहरुले सर्वोच्च अदालतमा रिट दिएका छन् । ताल किनारका २२ जना जग्गाधनीहरूले ६५ मिटरबाट ३० मिटरमा मापदण्ड कायम गर्न माग गर्दै रिट दायर गरेका हुन् । सर्वाेच्चको यसअघिको आदेशले नागरिकको उठीबास लाग्ने भन्दै ताल किनारका बासिन्दाले सर्वोच्च गुहारेका हुन् । यसअघि सर्वाेच्चले २ पटक सम्म तालको मापदण्ड ६५ मिटर कायम राख्न आदेश दिएको थियो । सर्वोच्चले २०७५ सालमा पनि तालको मापदण्ड ६५ मिटर रहने निर्णय गरेको थियो । पछि २०७८ चैतमा पोखरा महानगरको कार्यपालिका बैठकले ३० मिटरमा झार्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो । सो रिट उपर फैसला गर्दै सर्वोच्चले पुनः तालको मापदण्ड ६५ मिटर नै राख्न भनेको थियोछ । किनारका सबै ठाउँमा एकै मापदण्ड लगाउन नहुने जग्गाधनीको तर्क छ ।...
सहकारी छानबीन प्रकरणमा कार्यदलको बैठक सुरु

सहकारी छानबीन प्रकरणमा कार्यदलको बैठक सुरु

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक कानुन मन्त्रालयमा सुरु भएको छ । सत्ता र प्रतिपक्ष दलको शनिबार बालुवाटारमा बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भसँगै बैठक बसेको हो । कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको थियो । समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।...
स्याटलाइट इन्टरनेट लन्च गर्दै स्टारलिंक

स्याटलाइट इन्टरनेट लन्च गर्दै स्टारलिंक

ताजा अपडेट, समाचार
एजेन्सी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले इन्डोनेसियामा स्याटलाइट इन्टरनेट सेवा लन्च गर्ने भएको छ । कम्पनीको स्याटलाइट इन्टरनेट सेवा प्रदायक सहायक कम्पनी स्टारलिंकले आइतबार आफ्नो सेवा लन्च गर्न लागेको हो । बालीमा लन्च कार्यक्रममा मस्कको साथमा इन्डोनेशियाली राष्ट्रपति जोको विडोडो पनि सहभागी हुने बताइएको छ । अहिले कम्पनीले फ्रान्स, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, अस्ट्रिया, बेल्जियम, डेनमार्क, पोर्चुगल, बेलायत, क्यानडा, अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, मलेसिया, फिलिपिन्स, ब्राजिल र चिलीमा स्याटलाइट इन्टरनेट दिइरहेको छ ।...

कोशी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार हुँदै

राजनीति, समाचार
काठमाडौँ । कोशी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको जनाइएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको भए पनि टुंगोमा पुगिसकेको छैन । छलफलपछि भोलिसम्म मन्त्रिपरिषद्को टुंगो लागिसक्ने मुख्यमन्त्रीको सचिवालयको भनाइ छ । कोशी प्रदेशमा एमालेले ५ माओवादी केन्द्रले ३ मन्त्रालय राख्ने र अन्य दललाई १ मन्त्री दिनेगरी छलफल भइरहेको छ । जसपालाई मन्त्री दिने विषयमा परामर्श भइरहेको बताइएको छ । कार्की वैशाख २८ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले वैशाख ३१ गते नै विश्वासको मत लिइसकेका छन्।...

दासढुंगा घटनाको गम्भीर छानवीन हुनुपर्छः माधव नेपाल

राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी हुनुपर्ने बताएका छन् । मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले सत्यतथ्य अझै बाहिर आउन नसकेको बताए । “सत्यतथ्य के हो अझै छानबिन गर्न बाँकी छ । पार्टीले तुरुन्त पहलकदमी लियो । पद्म रत्न तुलाधरको नेतृत्वमा छानबिन कमिटी पनि बन्यो,” उनले भने, “त्यो छानबिन कमिटीको मात्रै रिर्पोट ल्याएर पुगेन भनेर पार्टीले स्वयं केपी ओलीको नेतृत्वमा छानबिन कमिटी बनायो । त्यो छानबिन कमिटीबाट कुनै खास कुराहरू आउन सकेन । त्यो दुर्घटनाका सन्दर्भमा गम्भीर हामीले खोजी गर्न आवश्यक छ ।” अध्यक्ष नेपालले दुर्घटनाको साक्षी अमर लामाको हत्या पनि रहस्यमय रहेको बताए । “दुर्घटनाको अन्तिम साक्षी अमरलालाई यो बीचमा मारियो । कीर्तिपुरमा गइरहेको बेला गोली हानेर मारियो । यो पनि रहस्...