बैशाख महिनामा मात्र १६ सय विपद्का घटना

काठमाडौँ । यस वर्षको बैशाख महिनामा मात्र देशभर १६ सय विपद्का घटनाहरु घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागी, वन्यजन्तुको आक्रमण, वन डँढेलो लगायतका घटनाहरु घटेका हुने ।

ती घटनाबाट ४२ जनाको मृत्यु भएको छ भने १६७ जना घाइते भएका छन् । यस्तै २ हजार ९ परिवार प्रभावित बनेका छन् । त्यसबाट ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । एक हजार ४१५ जना घाइते भएका छन्। वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन् । चट्याङबाट ९ जनाको मृत्यु भएको छ।

यसबीचमा अविरल वर्षात्का कारण बाढी पनि आएको थियो। जसमा एक जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांकअनुसार जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको छ।