
काठमाडौं।काठमाडौं महानगरपालिका वडा नम्बर ७ को चाबहिल चोकका सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाइएको छ ।
सडक क्षेत्र अतिक्रमण गरी बनाइएका उक्त घरहरु भत्काउन थालिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन्।प्रवक्ता मानन्धरका अनुसार चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएको हो।
ती संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ।

