
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्यले आज नयाँ किर्तिमान राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेको हो । आज छापावाला सुन एक लाख ४० हजार नौ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन एक लाख ४० हजार दुई सयमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य समेत बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय १० पुगेको छ ।
