
काठमाडौँ । कथावाचक साइग्रेस पोखरेलको अडियो उपन्यास ‘अधुरो प्रेम’मा आधारित रहेर चलचित्र बन्ने भएको छ ।
शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६० औं शृंखलामा साइग्रेस आफैँले चलचित्रको घोषणा गरेका हुन्। घोषणासँगै उनले थिम पोस्टर पनि सार्वजनिक गरेका छन् ।
चलचित्रको शीर्षक समेत अडियो उपन्यासको नामबाट नै राखिएको छ। चलचित्र ‘अधुरो प्रेम’ लाई शिशिर खातीले निर्देशन गर्नेछन्।
चलचित्रको कार्यकारी निर्मातामा अर्जुन सुवेदी छन्। उपन्यास साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेका थिए । उपन्यासलाई हालसम्म ६२ लाखभन्दा बढी पटक सुनिएको छ। उनी युवा पुस्तामाझ स्टोरी टेलरका रुपमा परिचित छन् ।
