
एजेन्सी । अफगानिस्तानको घोर प्रान्तमा फेरि भीषण वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनेको छ । सो प्रान्तमा आएको बाढीले झण्डै ५० जनाको मृत्यु भएको छ भने हजारौँ घरहरू ध्वस्त भएको अधिकारीहरूले जनाएका छन् ।
अझै केही मानिसहरु हराइरहेको बताइएको छ । बाढीले सडकहरु भत्किएपछि उद्दारमा कठिनाइ भइरहेको प्रहरीहरुले बताएका छन् ।
