Author: सगरमाथा प्रेस

उपेन्द्र यादवले सर्वोच्च अदालतमा दिएको रिट उपर आज सुनुवाइ हुँदै

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको रिट माथि आज सर्वाेच्च अदालतमा सुनुुवाई हुने भएको छ । यादवले आइतबार अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टीका ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै दायर गरेको रिट दायर गरेका थिए । सो रिट उपर सुनुवाइ गर्न सोमबारका लागि पेशी तोकिएको थियो। आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ। जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सर्वोच्चमा रिट दिएका हुन्। यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।...
वीरगञ्ज नाका तीन दिन बन्द हुने

वीरगञ्ज नाका तीन दिन बन्द हुने

समाचार
वीरगञ्ज । छिमेकी देश भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गरी पर्साको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको उल्लेख छ । फेब्रुअरी १७ मा सम्पन्न दुई देशीय सीमा अधिकारीहरुको बैठकमा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । समाहरणलाय, पश्चिम चम्पारण, बेतिया ९बिहार० को मे १७ मा प्राप्त पत्रबाट समेत अनुरोध भई आएपछि सीमा नाका बन्द गर्न लागिएको सूचना...
निष्कर्षविहीन बन्यो कार्यदल बैठक

निष्कर्षविहीन बन्यो कार्यदल बैठक

राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो । नेताहरुले आइतबार साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने बताएका छन् । गृहमन्त्री रवि लामिछानेमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको एक नेताले बताए । त्यही कुरामा सहमति नभएको उनको भनाइ बताए । यद्यपि विश्वासको वातावरण बनिरहेकाले साँझ बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे । यस्तै रास्वपाका नेताा समेत रहेका कार्यदलका अर्का सदस्य शिशिर खनालले समग्र सहकारीको विषय भन्दा पनि कांग्रेसले गृहमन्त्रीलाई फोकस गरिरहेको बताए । गृहमन्त्री अहिले नै दोषी छ भन्ने भाषाको ड्राफ्...

शेयर बजारमा फर्कियो रौनक

अर्थतन्त्र, समाचार
काठमाडौँ । शेयर बजारमा रौनक फर्किएको छ । बजार साताको पहिलो करोबार दिन आइतबार बढेको हो । यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको आत्मविश्वासमा केही बढोत्तरी भएको देखिन्छ । विशेषगरी मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु (सेयर) एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो ।...

जसपा अध्यक्ष यादवद्वारा सर्वाेच्चमा रिट

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्। अध्यक्ष यादवले जसपाबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभामा विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेसँगै यादव सर्वाेच्च पुगेका हुन् । यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर विश्वास मतसमेत फिर्ता लिएको थियो। जसपा नेपालले विश्वास मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वास मत लिन लागेका हुन्।...
राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

राष्ट्रियसभाको बैठक सोमबारका लागि स्थगित

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण गरिएको थियो । तर बैठक भने बस्न सकेन । अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका छन् । सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।...
मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थतन्त्र, समाचार
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख सहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख मोहन स्नेही रसाईलीसहित नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख, नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्...
छानबिन बनाउने समिति टुंगोमा नपुग्दा प्रतिनिधिसभा र राष्ट्रियसभा प्रभावित

छानबिन बनाउने समिति टुंगोमा नपुग्दा प्रतिनिधिसभा र राष्ट्रियसभा प्रभावित

राजनीति, समाचार
काठमाडौँ । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा संसदीय छानबिन समिति बनाउने सहमतिमा पुगेका दलहरू यसको क्षेत्राधिकारलाई लिएर निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित बनेको छ। संसदीय समितिको क्षेत्राधिकार टुंगो लगाउने जिम्मा पाएको कार्यदल बैठक आइतबार बिहानदेखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको थियो। कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेको बताए।...
गर्मी मौसममा छालाको हेरचाह

गर्मी मौसममा छालाको हेरचाह

जीवनशैली, स्वास्थ्य
काठमाडौँ । गर्मी बढेसँगै छालामा विभिन्न खालका समस्याहरु बढ्न सक्छ । विशेषगरी बढी पसिना आउनाले एलर्जीको जोखिम देखिन सक्छ । जसबाट जोगिन विभिन्न उपायहरु अपनाउन सकिन्छ । १) दिनदिनै नुहाउने गर्मी मौसममा दिनदिनै नुहाउनु उपयुक्त मानिन्छ । नुहाउँदा शरीरमा भएको फोहोर रहिरहन पाउँदैन । साथै पसिना पनि पखालिने गर्छ । २) बडी लोसन लगाउने नुहाइसकेपछि छाला खस्रो हुने गर्छ । छाला खस्रो हुँदा चिलाउने गर्छ । जसका लागि बडी लोसन लगाउनु उपयुक्त मानिन्छ । ३) फेसवासको प्रयोग गर्मी मौसममा बिहान र बेलुका फेसवासले अनुहार सफा गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको धुलोमैलो निकाल्न मद्दत पुर्याउँछ भने छालालाई पनि फ्रेस बनाउँछ । ४) मोइस्चराइजरको प्रयोग फेसवासले मुख सफा गरिसकेपछि मोइस्चराइजरको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले छालालाई मुलायम राख्न सघाउ पुर्याउँछ । छाला फुट्ने, चिलाउने आदि समस्याबाट पनि यसले ...
२ बजेका लागि सर्‍यो प्रतिनिधिसभाको बैठक

२ बजेका लागि सर्‍यो प्रतिनिधिसभाको बैठक

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न २ बजेका लागि सरेको छ । संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति नभएपछि बैठक नसकेपछि सारिएको हो । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति भने जुट्न सकेको छैन । हाल संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।...