Author: सगरमाथा प्रेस

बालेनद्वारा जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक

राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेय बालेन्द्र शाह (बालेन)ले जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गिरिबन्धुले जस्तै जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीको नाम सार्वजनिक गरेका हुन् । उनले गिरिबन्धुले जस्तै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका छन् । यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलो फड्को हुने सम्भावना रहेको आङ्कलन गरिएको उनको तर्क छ । कानुन नै परिवर्तन गर्न कुरेर बस्ने काम भएको भन्दै उनले त्यस्तो भयो भने यसले राज्यको खर्बौँ रकम अपचलनको ढोका खोलिदिने बताएका छन् । उनले सार्वजनिक गरेका कम्पनीहरुः १. केपी ओली ट्रस्ट २. रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर ३. केशरी चिया बगान पाँचथर ४. ओमटी गार्डेन प...
फेरि सुरु भयो प्रतिनिधिसभाको बैठकः प्रधानमन्त्रीले विश्वासको मत लिँदै

फेरि सुरु भयो प्रतिनिधिसभाको बैठकः प्रधानमन्त्रीले विश्वासको मत लिँदै

राजनीति, समाचार
काठमाडौँ । नेपाली काँग्रेसको नाराबाजीपछि केही समयका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन सुरु गरेका छन् । कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए । प्रचण्डले अहिले विश्वासको मतसम्बन्धी प्रस्तावसँगै सम्बोधन गरिरहेका छन् ।...
फेरि ‘अस्वस्थकर’ बन्यो काठमाडौंको हावा

फेरि ‘अस्वस्थकर’ बन्यो काठमाडौंको हावा

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं ।काठमाडौं उपत्यकाको हावा फेरि अस्वस्थकर बनेको छ । वातावरण विभागको तथ्यांकले काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सोमबार १५५ भन्दा माथि देखाएको हो । विभागको रेकर्डमा सोमबार बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १७१ मापन गरिएको छ । ललितपुरकै खुमलटारको १६३, काठमाडौंको शंखपार्कको एक्यूआई १५५ मापन गरिएको छ । यस्तै, भक्तपुरको एक्यूआई ११८ र ललितपुरको पुल्चोकको ८५ पुगेको विभागको तथ्यांक छ । पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १२० देखि १८३ सम्म मापन गरिएको छ । गएको साता काठमाडौंका अधिकांश स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार, वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्छ । १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।  ...

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै गरेको नाराबाजीपछि स्थगित भएको हो । सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अबरोध गरेका थिए।उनीहरूले सहकारी ठगलाई कारवाही गर, सहकारी पीडितलाई न्याय दे, संसदीय छानविन समिति गठन गरजस्ता नारा लगाएका थिए। अबरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गरेका थिए।कांग्रेसका सांसदहरूले नाराबाजी रोकेका थिएनन। प्रतिनिधि सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।...
दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ कीर्तिमान

दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । आइतबार नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्यले आज पनि अर्काे कीर्तिमान कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नौ सय रुपैँयाँले बढेको हो । आइतबार एक लाख चालिस हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक चालिस हजार आठ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेप...

हेलिकप्टर दुर्घटनाः इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु भएको पुष्टि

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो । समाचार संस्था एशोशियटेड प्रेसले पनि राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियान मृत भेटिएको उल्लेख गरेको छ। राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। हेलिकप्टर हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै पूर्ण जलेको अवस्थामा भेटिएको थियो।...

असार ७ गतेदेखि प्रदर्शनमा आउँदै ‘शिरफूल’

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौँ ।कमल एक्चै मगरद्वारा निर्देशित चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको हो।  चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको निर्देशक मगरले बताएका छन्।  चिलचित्रमा अभिनेत्री मरिष्का पोखरेलको विशेष भूमिका छ भने रूपा राना,राज थापा,देवराज आले,विनिता थापा,सुनिल रोका,नमिता तामाङ,पुजा गदाल,लिला गुरूङ,नीता पुन,किरण मगर लगायतले अभिनय गरेका छन्। देवराज आले मगरको कथा,राज थापा र राजु युगिनको पटकथा तथा संवाद रहेको फिल्ममा निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा फिल्म बनेको हो। चलचित्र वितरणको जिम्मा आर आर फिल्म...
कांग्रेस संसदीय दलको बैठकपछि संसदीय समितिको बैठक बस्ने

कांग्रेस संसदीय दलको बैठकपछि संसदीय समितिको बैठक बस्ने

राजनीति, समाचार
काठमाडौँ । कांग्रेस संसदीय दलको बैठकले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ । सोमबार बिहान साढे १० बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक कांग्रेसको बैठक बसिरहेकाले सुरू हुन सकेको छैन । स्रोतका अनुसार कांग्रेसबाट प्रतिनिधित्व गर्न सांसदहरू आएपछि परामर्श समितिको बैठक बस्नेछ । कांग्रेस संसदीय दलको बैठक चलिरहेको छ ।...

एमाले बाँकेको अध्यक्षमा गुरुङ निर्वाचित

राजनीति, समाचार
बाँके । नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणनाअनुसार उनी नवौं जिल्ला अधिवेशनबाट डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाएका थिए । पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन् । उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत पाए ।...

भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान हुँदै

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौँ । भारतीय लोकसभा चुनावअन्तर्गत आज बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको छ । पाँचौँ चरणअन्तर्गत बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू–कश्मीर र लद्दाखमा मतदान चलिरको छ । आजको मतदानमा कांग्रेस नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहलगायत ६९५ उम्मेदवार चुनावी मैदानमा छन् । राहुल गान्धीको उम्मेदवार बनेको उत्तर प्रदेशको रायबरेली क्षेत्रमा समेत मतदान भइरहेको छ । त्यस्तै केन्द्रीय मन्त्री इरानीको क्षेत्र अमेठीमा पनि आजै चुनाव भइरहेको छ । भारतमा छैटौँ चरणको मतदान २५ मेमा र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको परिणाम भने ४ जुनमा आउनेछ ।...