Author: सगरमाथा प्रेस

थलीमा करिब ५५ वर्षका पुरुष मृत फेला

थलीमा करिब ५५ वर्षका पुरुष मृत फेला

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । काठमाडौँको थलीमा करिब ५५ वर्षका एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । थलीबाट साँखुतर्फ जाने उकालोमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।...
एमाले तारकेश्वर नगर कमिटीको निर्वाचन सम्पन्न,मत गणना शुरु

एमाले तारकेश्वर नगर कमिटीको निर्वाचन सम्पन्न,मत गणना शुरु

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । एमाले तारकेश्वर नगरपालिका कमिटीको मतदान सम्पन्न भएको छ । प्रमुख मतदान अधिकृत विश्वराम सापकोटाका अनुसार मतदान शान्त वातावरणमा सम्पन्न भएको छ ।मतदानमा २०१ जना सहभागी रहेको उनले बताए ।अहिले बेलुका ७ः३० बजेबाट मत गणना प्रकृया थालिएको र अन्तिम परिणाम समेत दुुई घण्टाभित्रै आउने उनले बताए । तारकेश्वर नगर कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष बासु गौतम र कञ्चन भट्टले उम्मेदवारी दिएका छन्।यस्तै सचिव पदका लागि रविन्द्र केसी र बलराम सिटौलाको दाबेदारी रहेको छ । उप–सचिव पदमा मनहरी थापा र कल्पना जोशी निर्विरोध भइसकेका छन् ।यस्तै,लेखा समितिको सचिवमा कपिल अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।लेखा समितिको अध्यक्ष पदका लागि भने,प्रमेश धिताल र आलोक गजुरेलको उम्मेदवारी छ ।  अधिवेशनबाट ५ पदाधिकारी सहित ७५ जनाको नगर कमिटि बन्ने बताइएको छ ।...
काँग्रेसद्वारा संयुक्त बैठकको आह्वान

काँग्रेसद्वारा संयुक्त बैठकको आह्वान

राजनीति, समाचार
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ । जेठ ९ गते बिहान ११ गतेका पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ । नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । आज दिउँसो बसेको विपक्ष दलको बैठकले पनि सहकारी ठगीको मुद्दामा संसद्सँगै सडकमा पनि मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो ।...
विरेन्द्रनगर दुर्घटना अपडेटः मृतक दुवै जनाको सनाखत

विरेन्द्रनगर दुर्घटना अपडेटः मृतक दुवै जनाको सनाखत

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरमा भएको मिनिबस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कपासे नजिकै भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। जसमा एक जनाको अवस्था चिन्ताजनक छ ।...

नेप्सेमा २७.५७ अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । आइतबार उकालो यात्रा गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि उकालो लागेको छ । नेप्सेमा २७.५४ अंकको वृद्धि आएको हो । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भयो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ । यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक नेरुडे मिरमिरे लघुवित्त,...
चट्याङबाट एकै गोठका ७२ भेडा मरे

चट्याङबाट एकै गोठका ७२ भेडा मरे

अर्थतन्त्र, समाचार
संखुवासभा । संखुवासभामा चट्याङका कारण एकै गोठका ७२ वटा भेडा मरेका छन् । सभापोखरी गाउँपालिका–५ फाकुवामा शनिबार राति चट्याङ परेको थियो । सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेका हुन् । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंले बताइन् । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ। सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठहरु छन्। सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ।...
मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु

मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनिबस दुर्घटना भएको छ । वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको हो । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै बाँकी बसमा सवारहरू घाइते भएको र उनीहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा १५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ । मृतकको हालसम्म पहिचान भइनसकेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रदेश उद्धार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको बताइएको छ ।...
०.२५ प्रतिशतले बढ्यो बैंक तथा वित्तिय संस्थाको खराब कर्जा

०.२५ प्रतिशतले बढ्यो बैंक तथा वित्तिय संस्थाको खराब कर्जा

अर्थतन्त्र, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर (एनपीएल) झन् बढेको देखाएको छ । गत महिना महिना ३.७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३.९८ प्रतिशत पुगेको हो । यो गत महिनाभन्दा ०.२५ प्रतिशतले बढी हो । यसबाट बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन लस प्रोभिजन) मा चुनौती थपिएको देखिन्छ । चैत मसान्तसम्म बैंकहरूले कूल ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब २० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्येको औसत ३.९८ प्रतिशत खराब कर्जामा रुपान्तरण भएकोमा करिब २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ । जोखिममा परेको लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट २ खर्ब ३२ अर्ब बढी रकम प्रोभिजन (वित्तीय व्यवस्थापन) का लागि छुट्...

प्रधानमन्त्रीले पाए विश्वासको मत

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी नेपाली काँग्रेसको नाराबाजीबीच पेलेरै विश्वासको मत पाएका हुन् । सोमबार मतदानमा १५८ जना सहभागी रहेकोमा ५७ जनाले मत दिएका थिए । विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए। प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए। नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी भएका थिएनन् । प्रतिनिधि सभाको अर्काे बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।...
तनहुँ आगलागीको क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँ आगलागीको क्षतिको विवरण सङ्कलन गरिँदै

ताजा अपडेट, समाचार, स्थानीय
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति १२ः४५ मा भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ। गएराति फलफूल लाइनमा रहेका सटरमा आगलागीको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ। तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन्। यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए। विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।...