
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी नेपाली काँग्रेसको नाराबाजीबीच पेलेरै विश्वासको मत पाएका हुन् ।
सोमबार मतदानमा १५८ जना सहभागी रहेकोमा ५७ जनाले मत दिएका थिए । विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए।
प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।
नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।
प्रतिनिधि सभाको अर्काे बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।
