
संखुवासभा । संखुवासभामा चट्याङका कारण एकै गोठका ७२ वटा भेडा मरेका छन् । सभापोखरी गाउँपालिका–५ फाकुवामा शनिबार राति चट्याङ परेको थियो ।
सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेका हुन् । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंले बताइन् ।
घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ। सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठहरु छन्।
सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ।
