Author: सगरमाथा प्रेस

चीनको कोइला खानीमा दुर्घटनाः पाँच जनाको मृत्यु

चीनको कोइला खानीमा दुर्घटनाः पाँच जनाको मृत्यु

ताजा अपडेट
काठमाडौँ । चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलाखानीमा दुर्घटना कम्पनी स्रोतले जनाएको हो । कम्पनीका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो । सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।...

चालु आवको १० महिना : १४ अर्ब एक करोडभन्दा बढी स्मार्टफोन भित्रिए

अर्थतन्त्र, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा २४ अर्बभन्दा बढी रुपैयाँका स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांकानुसार, वैशाख मसान्तसम्म १४ अर्ब एक करोड २४ लाख २२ हजार रुपैयाँका १५ लाख २८ हजार ६४४ स्मार्टफोन आयात गरिएको छ । त्यसबापत सरकारले चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।...

आईपीएलको पहिलो क्वालिफायमा कोलकाता र हैदराबाद भिड्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल आज हुँदैछ । पहिलो ‘क्वालिफायर’ खेलमा कोलकाता नाइट र राइडर्सले सनराइजर्स हैदराबाद भिड्दै छन् । उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीले भने ‘एलिमिनेटर’ खेलको विजेतासँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ । कोलकाता नाइट राइडर्स लिग चरणको खेलमा पहिलो हुँदै प्ले–अफ चरणमा प्रवेश गरेको हो । कोलकाताले लिग चरणमा आफूले खेलेको १४ मध्ये नौ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । कोलकाताको दुई खेल भने अनिर्णीत रूपमा सकिएको थियो । यसैगरी हैदराबाद लिग चरणमा १७ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेर प्ले–अफ चरणमा प्रवेश गरेको हो । हैदराबादले लिग चरणमा खेलेको १४ मध्ये आठ...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दाः न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलास

राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे बहस हुने जनाइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि मिति तोक्दै बोलाएको थियो । आज हुने सुनुवाइले गण्डकी प्रदेशको सरकारको भविष्य निर्धारण गर्ने छ। सर्वोच्चले अन्तरिम आदेश मुद्दाको फैसला न...
एकैदिन १२ सयले घट्यो सुनको मूल्य

एकैदिन १२ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।...
सहकारी ठगी छानवीन समितिः कार्यादेशबारे कार्यदलमा सहमति

सहकारी ठगी छानवीन समितिः कार्यादेशबारे कार्यदलमा सहमति

राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ । मंगलबार बिहान सिंहरदबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा टीओआरबारे सहमति जुटेको हो। कार्यदलबीच सहमतिपछि सोको ठोस ड्राफ्ट तयार गर्ने कार्य भइरहेको छ । बैठकअघि रास्वपाका सचेतक सन्तोष परियारले सभापति रवि लामिछानेको विषय समेट्न आफूहरूलाई कुनै आपत्ति नभएको प्रतिक्रिया दिएका थिए । गृहमन्त्री समेत रहेका लामिछानेले पनि आफ्नो विषय समेट्न आफूलाई कुनै फरक नपर्ने भनेर भनेको उनको भनाइ थियो ।...

टिपर र माइक्रोबस एक आपसमा ठोक्किएः १३ जना घाइते, दुईको अवस्था गम्भीर

समाचार, स्थानीय
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।...
यस्तो छ आज बस्ने प्रतिनिधि सभाको कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधि सभाको कार्यसूची

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ ।प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो। बिहान ११ बजेका लागि बैठकको आह्वान गरिएको संसद सचिवालयले जनाएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।यस्तै,सभामुखले प्रतिनिधिसभा नियमावली,२०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गर्ने र सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी,उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्।...

रारा तालः दश महिनामा पुगे दश हजार भन्दा बढी पर्यटक

अर्थतन्त्र, पर्यटन, समाचार
मुगु । चालु आर्थिक वर्षको दश महिनामा दश हजार भन्दा बढी पर्यटक रारा ताल पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताए । उनका अनुसार दसैँ(तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा तीन हजार चार सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा एक सय २६ जना रारा आएका थिए । चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले रु तीस लाख ६३ हजार सात सय ९१ राजस्व सङ्कलन गरेको छ । राजश्व मध्ये रु २५ लाख ३० हजार पर्यटकबाट र बाँकी रु पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जर...

दुई दिनका लागि बन्द हुँदै धुलिखेल–खावा सडक

समाचार, स्थानीय
काभ्रे । अरनिको राजमार्गअन्तर्गत खावा–धुलिखेल सडक दुुई दिनका लागि बन्द हुने भएको छ । मंगलबार र बुधबार (आज र भोलि) दिउँसो ११ बजेदेखि ३ बजेसम्म चार घन्टाका लागि पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । ‘जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकमा बसेको सम्पूर्ण सरोकारवालासँगको बैठकको निर्णयानुसार सडक डिभिजन भक्तपुरअन्तर्गत निर्माणाधीन अरनिको राजमार्ग (धुलिखेल–खावा ४ किमि सडक खण्ड) मा निर्माण कार्य गर्न जेठ ८ र ९ गते सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधन बाहेक) सञ्चालन पूर्ण रूपमा बन्द रहने निर्णय गरेको हो । सो अवधिमा वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । काठमाडौं बनेपा हुँदै पाँचखालतर्फ जाने साना सवारीसाधनहरू होराइजन होटल–आगन्तुक होटल (गोसाइस्थान मार्ग)– रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्। ...