यस्तो छ आज बस्ने प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ ।प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो।

बिहान ११ बजेका लागि बैठकको आह्वान गरिएको संसद सचिवालयले जनाएको छ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।यस्तै,सभामुखले प्रतिनिधिसभा नियमावली,२०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गर्ने र सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी,उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्।