
काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ ।
मंगलबार बिहान सिंहरदबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा टीओआरबारे सहमति जुटेको हो।
कार्यदलबीच सहमतिपछि सोको ठोस ड्राफ्ट तयार गर्ने कार्य भइरहेको छ ।
बैठकअघि रास्वपाका सचेतक सन्तोष परियारले सभापति रवि लामिछानेको विषय समेट्न आफूहरूलाई कुनै आपत्ति नभएको प्रतिक्रिया दिएका थिए । गृहमन्त्री समेत रहेका लामिछानेले पनि आफ्नो विषय समेट्न आफूलाई कुनै फरक नपर्ने भनेर भनेको उनको भनाइ थियो ।
