
जीतपुर।‘नागरिक आरोग्य सेवा केन्द्र’ले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको छ।
सोमबारदेखि मधेस प्रदेश सरकार प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको हो।प्रदेश सरकारको कार्यक्रममा समावेश गरिएको सो सेवा अन्तर्गत आयुर्वेद चिकित्सक डा.पुनिता केशरीले
खानपान,आहारविहार तथा अध्यात्मबोध सम्बन्धी जानकारी गराउनुे सो सेवमा मधुमेह, थाईराईड, उच्च रक्तचाप, श्वासप्रश्वास सम्बन्धी ररोगहरूको न्यूनीकरण गर्न निःशुल्क स्वास्थ्य सल्लाह तथा उपचार सेवा दिइने बताइन।
उनले भनिन ‘यो मधेस प्रदेश सरकारको कार्यक्रम हो, हामीले बाराका प्रत्येक पालिकामा एउटा शाखा खोल्ने र सबै सेवा निःशुल्क दिने लक्ष्य लिएर अहिलेसम्म ५ वटा पालिकामा काम गरिरहेका छौ’।स्तनपान गराउने आमाहरूको लागि पनि दूधवर्धक औषधीहरू निःशुल्क वितरण गर्ने बताइएको छ।
उद्घाटन समारोहमा जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले नागरिक आरोग्य सेवा केन्द्रले सुरु गरेको आयुर्वेद सेवा सञ्चालनका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् ।उनले भने,‘जीतपुर सिमरा अस्पतालसँगको सहकार्य र समन्वयमा आयुर्वेद उपचार सेवा अगाडी बढाउन हामी तयार नै छौ’ ‘केही कार्यक्रमहरू प्रदेश,सङ्घहरूले स्थानीय तहमा ल्याउने र छोटो समय चलाएर हराउँदा सबै स्थानीय तहको टाउकोमा आउने परिपाटी छ’
प्रदेश सरकारले सञ्चालन गरेको आयुर्वेद उपचार सेवाको लागि स्वास्थ्य जनशक्ति र उपकरणसहित जिम्मा लगाए उपमहानगरले आफैँले भविष्यमा आयुर्वेद सेवा चलाउन सक्ने नगरप्रमुख पौडेलको भनाई छ ।
सो सेवाका लागि कलैया अस्पतालसहित जीतपुर सिमरा,फेटा,विश्रामपुर, करैयामाई गाउँपालिकाका लािग २ जना वैद्यहरूलाई खटाइएको छ ।
