चीनको कोइला खानीमा दुर्घटनाः पाँच जनाको मृत्यु

काठमाडौँ । चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलाखानीमा दुर्घटना कम्पनी स्रोतले जनाएको हो ।

कम्पनीका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।

सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।