चालु आवको १० महिना : १४ अर्ब एक करोडभन्दा बढी स्मार्टफोन भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा २४ अर्बभन्दा बढी रुपैयाँका स्मार्टफोन नेपाल भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकानुसार, वैशाख मसान्तसम्म १४ अर्ब एक करोड २४ लाख २२ हजार रुपैयाँका १५ लाख २८ हजार ६४४ स्मार्टफोन आयात गरिएको छ ।

त्यसबापत सरकारले चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।