Author: सगरमाथा प्रेस

धनुषा प्रहरी हिरासतमा कैलाश सिरोहिया

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा पुर्याइएको छ । धनुषा प्रहरीको हिरासतमा रहेका उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने प्रहरीको तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै उनीविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा यही बैशाख १६ गते किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको थियो ।...

आईपीएलः कोलकाता फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ । कोलकाता नाईट राइडर्स इंडियन प्रिमियर लिग ९आईपीएल० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा हैदराबादविरुघ ८ विकेटको जित दर्ता गर्दै कोलकाता फाइनलमा पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । यस्तै वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे । ओपनरद्वय रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन बनाएका थिए । हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १ सय ५९ रनमा समेटियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा...

यस्तो छ सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण

राजनीति, समाचार
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरण उल्लेख गरेकी छन् । उनले आफ्ना श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा घर रहेको उल्लेख गरेकी छन् । उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् । यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।...

परराष्ट्रमन्त्री श्रेष्ठसँगै ३८ रोपनी पैतृक सम्पत्ति

राजनीति, समाचार
काठमाडौँ । उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नो नाममा ३८ रोपनी जग्गा पैतृक सम्पत्ति आफ्नो नाममा रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बुझाएको विवरणअनुसार उनको नाममा राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखिएको छ । यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।...

शिक्षामन्त्रीको कुल सम्पत्ति डेढ करोडभन्दा बढी

राजनीति, शिक्षा, समाचार
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट खरिद गरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनको व्यक्तिगत नाममा कुनै घर भने छैन । आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् । यता उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् । उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको...

जेठ २१ मा हुँदै चौथो अन्नपूर्ण म्याराथन

अर्थतन्त्र, पर्यटन, समाचार
काठमाडौँ । चौथो अन्नपूर्ण म्याराथन चैतमा हुने भएको छ । पदयात्राका लागि विश्वकै १० गन्तव्यमध्ये अन्नपूर्ण पदमार्ग पर्ने हुँदा चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ हुने भएको आयोजकले जनाएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन थर्ड अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा म्याराथन हुने भएको हो। अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष एवं म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्त...

एक हप्ताभित्र सञ्चालन गरिँदै कान्तिलोकपथ

अर्थतन्त्र, समाचार
काठमाडौँ । काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ अन्तर्गतको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ । निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले एक हप्ताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे क्षेत्रमा सडक फराकिलो बनाउने र ललितपुरतर्फको ‘सिङ्गल लेन’ भएको ठाउँमा पनि यसै आर्थिक वर्षमा सडक फराकिलो बनाउने काम हुन्छ । सोहअनुसार हामीले तयारी गरेका छौँ”, महर्जनले भने । गत वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दूरीको यो सडक निर्माण थालिएको ६७ व...
अपडेट: थलीमा मृत अवस्थामा भेटिएका कृष्णको छोरा पनि घाइते अवस्थामा फेला

अपडेट: थलीमा मृत अवस्थामा भेटिएका कृष्णको छोरा पनि घाइते अवस्थामा फेला

समाचार, स्थानीय
काठमाडौँ । प्रहरीले काठमाडौँको थलीमा मृत अवस्थामा फेला परेका कृष्ण नगरकोटीका छोरालाई पनि घाइते अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले ललितपुरको चाल्नाखेलबाट २१ वर्षीय रिचेनलाई घाइते अवस्थामा फेला पारिएको जानकारी दिए । यस्तै २९ वर्षीया छोरीलाई पनि प्रहरीले सेतो पुलमा फेला परेको छ । उनीसँग प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार मृतक नगरकोटी सेतोपुलमा ट्याक्सी बिग्रिएपछि बनाउने मिस्त्री खोज्न भनेर सोमबार दिउँसो हिँडेका थिए । तर, उनी एकाएक गएराति थलीमा मृत्यु भेटिएपछि खोजतलासका क्रममा छोरा पनि घाइते अवस्थामा भेटिएका हुन् । छोरोको घाँटीमा चोट देखिएको छ भने मृतक बाबुको पनि घाँटीमै चोट देखिएको छ । प्रहरीले घटना रहस्यमय भएको भन्दै अनुसन्धान अनुसन्धान थालेको छ ।...
११ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

११ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठक यही जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन भएको थियो । प्रतिपक्षको विरोधबीच सभामुख देवराज घिमिरेले संसद्को काम–कारबाही अघि बढाएका थिए । आजका निम्ति तय सबै कार्यसूचीमा भने प्रवेश गरिएको थिएन् । सभामुख घिमिरेले जेठ ११ गतेको बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची निर्धारण गरेका छन् ।...

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जि जारी

कानुन, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न धनुसा जिल्ला अदालतबाट अनुमति लिएको हो । अदालतले उनलाई पक्राउ गर्न चित्रबहादुर गुरुङको २ नम्बर इजलासले आज अनुमति दिएको हो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।...