जेठ २१ मा हुँदै चौथो अन्नपूर्ण म्याराथन

काठमाडौँ । चौथो अन्नपूर्ण म्याराथन चैतमा हुने भएको छ । पदयात्राका लागि विश्वकै १० गन्तव्यमध्ये अन्नपूर्ण पदमार्ग पर्ने हुँदा चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ हुने भएको आयोजकले जनाएको छ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन थर्ड अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा म्याराथन हुने भएको हो।

अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष एवं म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए।

३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ।