
काठमाडौँ । उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नो नाममा ३८ रोपनी जग्गा पैतृक सम्पत्ति आफ्नो नाममा रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा बुझाएको विवरणअनुसार उनको नाममा राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखिएको छ ।
यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।
