Author: सगरमाथा प्रेस

अदानीले एकैदिनमा कमाए २६ खर्ब ४० अर्ब भारु

अदानीले एकैदिनमा कमाए २६ खर्ब ४० अर्ब भारु

अर्थतन्त्र, बिशेष, समाचार
एजेन्सी । भारतीय खर्बपति व्यापारी गौतम अदानीले २४ घण्टामा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय शेयर बजारमा कमी देखिएपनि अदानीको व्यापारिक समूह अदानी ग्रुपका कम्पनीको शेयर मूल्य भने तीब्र रुपमा बढेको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाएका हुन् । मंगलबार भएको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी बनेका थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।...

सिरोहियाको पक्राउमा रास्वपाको समर्थन

राजनीति, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पक्षमा उभिएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरे । उनले भने, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’ सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।...

कैलाश सिरोहिया प्रकरणः ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस

राजनीति, समाचार
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । अध्यक्ष सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा मंगलबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज अदालतमा उपस्थित गराएको थियो । अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । म्याद थपको सिफारिसपछि उनलाई पुनः अदालत पुर्‍याइएको छ ‌।...
जेठ ३० गतेका लागि तोकियो जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

जेठ ३० गतेका लागि तोकियो जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ । यही जेठ ३० गतेका लागि केन्द्रिय समितिको निर्वाचन हुन लागेको हो । केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। उनका अनुसार केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।...
सिरोहिया पक्राउबारे अमेरिकी राजदुतावास असन्तुष्ट

सिरोहिया पक्राउबारे अमेरिकी राजदुतावास असन्तुष्ट

राजनीति, समाचार
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत् धारणा व्यक्त गरेको छ । दूतावासले सांकेतिकरूपमा सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको हो । दुतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।...

सिरोहियाबारे प्रधानमन्त्रीको प्रतिक्रियाः उहाँ निर्दाेश हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् । काठमाडौंको चन्द्रँगिरीमा आज पत्रकारहरुसँगै बोल्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्। पत्रकारहरूको प्रश्नमा जबाफमा उनले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए।प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको समेत प्रष्टीकरण दिएका छन्।...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक सयले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।  ...
कैलाश सिरोहियालाई धनुषा अदालत पुर्याइयो(पक्राऊ पुर्जीसहित)

कैलाश सिरोहियालाई धनुषा अदालत पुर्याइयो(पक्राऊ पुर्जीसहित)

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । नागरिकता किर्ते कसुरमा मंगलबाट पक्राउ परेका उनलाई म्याद थपका लागि केही समयअघि उपस्थित गराइएको हो । अहिले अदालत आसपासको सुरक्षार्थ बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन गरिएको छ भने अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतभित्र प्रवेशमा समेत कडाइ गरिएको छ । यस्तो थियो पक्राऊ पुर्जी:  ...

बालेनको अर्काे काम : अब सबै पेट्रोल पम्पमा एउटै संकेत रङ्ग

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरलाई व्यवस्थित गराउन विभिन्न सुधारका कामहरु गर्दै आएका छन् । ती कामहरुमध्ये हाल महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरुमा सबै पम्पहरुले एउटै संकेत रङ्ग (पहेँलो) राख्ने र निःशुल्क शौचालयलाई व्यवस्थित बनाउने काम गरिसकेका छन् । तत्काल सुुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय र पट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा दिएको सुझावका आधारमा काम अघि बढाइएको थियो । हाल महानगरभित्रका ५० वटा पम्पहरुले सबैका लागि सफा शौचालय निःशुल्क रुपमा उपलब्ध गराएका छन् । यसको संकेत चिन्हका रुपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखेको छ ।...
कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कानुन, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतमा आज कोशी र गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिट माथि सुुनुवाई हुँदैछ । हाल दुवै प्रदेशमा संयोगले नेकपा एमालेका मुख्यमन्त्री रहेका छन् । कोशी प्रदेशमा हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन् भने गण्डकीमा खगराज अधिकारी रहेका छन् । उनीहरु दुवै विरुद्ध नेपाली कांग्रेसले मुद्दा दायर गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् भने गण्डकी प्रदेशका अधिकारी विरुद्ध सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन् । गण्डकी प्रदेशको रिटमा मंगलवारदेखि नै सुनुवाइ सुरु भएको थियो । यस्तै, कोशीको भने आजदेखि सुनुवाइ हुँदै छ । गण्डकीको रिट न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ भने कोशीमा तोकिन बाँकी नै छ।...