अदानीले एकैदिनमा कमाए २६ खर्ब ४० अर्ब भारु

एजेन्सी । भारतीय खर्बपति व्यापारी गौतम अदानीले २४ घण्टामा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् ।

मंगलबार भारतीय शेयर बजारमा कमी देखिएपनि अदानीको व्यापारिक समूह अदानी ग्रुपका कम्पनीको शेयर मूल्य भने तीब्र रुपमा बढेको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाएका हुन् ।

मंगलबार भएको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी बनेका थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।