कैलाश सिरोहियालाई धनुषा अदालत पुर्याइयो(पक्राऊ पुर्जीसहित)

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

नागरिकता किर्ते कसुरमा मंगलबाट पक्राउ परेका उनलाई म्याद थपका लागि केही समयअघि उपस्थित गराइएको हो ।

अहिले अदालत आसपासको सुरक्षार्थ बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन गरिएको छ भने अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतभित्र प्रवेशमा समेत कडाइ गरिएको छ ।

यस्तो थियो पक्राऊ पुर्जी: