सिरोहिया पक्राउको विरोधमा धनुषा अदालत नजिक नेविसंघको नाराबाजी

काठमाडौं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा धनुषा अदालत आसपासमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन ‘नेविसंघ’ले प्रदर्शन सुरू गरेको छ।

नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको बताइएको छ।उनीहरु सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर,सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नाराअंकित प्लेकार्डसमेत बोकेर नारा लगाइरहेका छन्।