
काठमाडौँ । एमाले तारकेश्वर नगरपालिका कमिटीको मतदान सम्पन्न भएको छ ।
प्रमुख मतदान अधिकृत विश्वराम सापकोटाका अनुसार मतदान शान्त वातावरणमा सम्पन्न भएको छ ।मतदानमा २०१ जना सहभागी रहेको उनले बताए ।अहिले बेलुका ७ः३० बजेबाट मत गणना प्रकृया थालिएको र अन्तिम परिणाम समेत दुुई घण्टाभित्रै आउने उनले बताए ।
तारकेश्वर नगर कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष बासु गौतम र कञ्चन भट्टले उम्मेदवारी दिएका छन्।यस्तै सचिव पदका लागि रविन्द्र केसी र बलराम सिटौलाको दाबेदारी रहेको छ ।
उप–सचिव पदमा मनहरी थापा र कल्पना जोशी निर्विरोध भइसकेका छन् ।यस्तै,लेखा समितिको सचिवमा कपिल अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।लेखा समितिको अध्यक्ष पदका लागि भने,प्रमेश धिताल र आलोक गजुरेलको उम्मेदवारी छ ।
अधिवेशनबाट ५ पदाधिकारी सहित ७५ जनाको नगर कमिटि बन्ने बताइएको छ ।
