असार ७ गतेदेखि प्रदर्शनमा आउँदै ‘शिरफूल’

काठमाडौँ ।कमल एक्चै मगरद्वारा निर्देशित चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ।

निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको हो।

 चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको निर्देशक मगरले बताएका छन्। 

चिलचित्रमा अभिनेत्री मरिष्का पोखरेलको विशेष भूमिका छ भने रूपा राना,राज थापा,देवराज आले,विनिता थापा,सुनिल रोका,नमिता तामाङ,पुजा गदाल,लिला गुरूङ,नीता पुन,किरण मगर लगायतले अभिनय गरेका छन्।

देवराज आले मगरको कथा,राज थापा र राजु युगिनको पटकथा तथा संवाद रहेको फिल्ममा निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा फिल्म बनेको हो।

चलचित्र वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।