
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत उत्कृस्ट विद्यार्थीहरु मार्फत विद्यालय चिनाउनका लागि ‘टेक्सास टपर्स टक’ कार्यक्रम आयोजना हुने भएको छ।
यहि जेष्ठ १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विद्यालयको इतिहास,पृष्ठभूमि,विषेशता लगायतका विषयमा प्रस्तुतीकरण दिने भएका हुन्।
विद्यालयका कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरु मध्येबाट छनौट भएका उत्कृस्ट विद्यार्थीका लागी भने,जेष्ठ १३ गते नै टेक्सास इन्टरनेसनल कलेजमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको कपन अनलाइन न्युज पोर्टलका सम्पादक पुण्य प्रसाद पूडासैनिले जानकारी दिएका छन्।
कपन अनलाइनद्धारा आयोजित उक्त कार्यक्रमलाई चावहिलको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले प्रायोजन गरेको छ।भने,भी एस कलेज,चावहिलले यसमा थप प्रवर्धनात्मक भूमिका निर्वाह गरेको सम्पादक पूडासैनिको भनाई छ।
इच्छुक विद्यार्थीहरुले सहभागिताका लागि जेष्ठ १० गते भित्र ९८५११८५५७० मा फोन गरेर आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले बताएका छन्।
कार्यक्रम अवधारणा के हो !
आयोजकका अनुसार यो कार्यक्रम विभिन्न विद्यालयहरुमा अध्ययनरत उत्कृस्ट विद्यार्थीले आफ्नो शिक्षालय चिनाउने अभियान हो ।
यसमा सहभागी विद्यार्थीहरुले आफ्नो विद्यालयका बारेमा तयार पारेको सामाग्री मन्तव्य मार्फत प्रस्तुत गर्नेछन ।भने उनीहरुको प्रस्तुति र शैलीलाई विभिन्न आमसंचार माध्यममा प्रकाशन तथा प्रसारण गरेर सार्वजनिक गरिनेछ।
यस्तो छ कार्यक्रमको नियम:-
१)विद्यार्थीहरुले विद्यालयको इतिहास,यहाँका सबल पक्ष र विशेषताका बारेमा ४ मिनेटको सामाग्री तयार पार्नुपर्नेछ।
२)कार्यक्रम आयोजना गरिएको दिन विद्यार्थीहरुले आँफैले तयार गरेको सामाग्री प्रस्तुत गर्नु पर्ने छ।
३)प्रस्तुतिलाई विभिन्न आमसंचार माध्यमबाट प्रत्यक्ष प्रसारण समेत गरिने छ।
४) विद्यार्थीहरुको प्रस्तुतिलाई आयोजक कपन अनलाइनले सम्पादन गरेर हरेक विद्यालयको छुट्टा छुट्टै भिडियो तयार गरी प्रसारण गर्नुका साथै अभिलेखिकरणको लागि विद्यालयलाई भिडियो समाग्री उपलव्ध समेत गराउने छ।
५)कार्यक्रमको प्रचार–प्रसारका लागि टाइटल स्पोन्सर,इभेन्ट स्पोन्सर र सहभागी विद्यालयलाई ससम्मान उपयुक्त स्थान प्रदान गरिनेछ।
