
काठमाडौँ । भारतीय लोकसभा चुनावअन्तर्गत आज बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको छ ।
पाँचौँ चरणअन्तर्गत बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू–कश्मीर र लद्दाखमा मतदान चलिरको छ । आजको मतदानमा कांग्रेस नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहलगायत ६९५ उम्मेदवार चुनावी मैदानमा छन् ।
राहुल गान्धीको उम्मेदवार बनेको उत्तर प्रदेशको रायबरेली क्षेत्रमा समेत मतदान भइरहेको छ । त्यस्तै केन्द्रीय मन्त्री इरानीको क्षेत्र अमेठीमा पनि आजै चुनाव भइरहेको छ । भारतमा छैटौँ चरणको मतदान २५ मेमा र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको परिणाम भने ४ जुनमा आउनेछ ।
