
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको रिट माथि आज सर्वाेच्च अदालतमा सुनुुवाई हुने भएको छ ।
यादवले आइतबार अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टीका ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै दायर गरेको रिट दायर गरेका थिए । सो रिट उपर सुनुवाइ गर्न सोमबारका लागि पेशी तोकिएको थियो।
आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ।
जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सर्वोच्चमा रिट दिएका हुन्।
यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।
