
काठमाडौं ।काठमाडौँमा हावाहुरीसहित वर्षा भएको छ।आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो।
काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । उनले भने, ‘अहिले काठमाडौँ उपत्यकाको नागार्जुन,बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरी लगायतका स्थानमा पानी परिरहेको छ।’
उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती,कोषी तथा मधेस प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।उता राती भने बागमती,कोषी तथा मधेस प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
