
काठमाडौँ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न २ बजेका लागि सरेको छ । संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति नभएपछि बैठक नसकेपछि सारिएको हो ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति भने जुट्न सकेको छैन ।
हाल संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।
