
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण गरिएको थियो । तर बैठक भने बस्न सकेन ।
अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका छन् । सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।
