एमाले रुपन्देहीले सार्यो अधिवेशन

रुपन्देही । नेकपा एमाले रुपन्देहीले यही जेठ १६ र १७ गते हुने भनिएको अधिवेशन सारेको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनका लागि नभ्याउने भएपछि जेठ २३ र २४ गतेका लागि अधिवेशन सारेको हो ।

जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनोटको समय पनि सर्ने बताए । एमाले रुपन्देहीको नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले दाबेदारी पेश गरेका छन् ।

सचिवमा बाबुराम पन्थी र युवराज घिमिरेले तयारी गरेका छन् भने उपसचिवका लागि धेरै जनाले आकांक्षा राखेका छन् ।

रुपन्देही एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा,पुर्व मुख्यमन्त्री लिला गिरीसहितका शीर्ष नेताहरुको गृहजिल्ला पनि हो । जसका कारण रुपन्देहीको जिल्ला अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।