
काठमाडौँ । सरकार डिजेल, मट्टीलेल र पेट्रोलको मूल्य घटाएको छ । बिहिबार बिहान १ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
