
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज चार बजेलाई सरेको छ । बिहान ११ बजेका लागि भनिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसको सहमतिबिना नचल्ने भएपछि केही समयका लागि सारिएको हो ।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । सो संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।
