
काठमाडौँ । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार छ सयले बढेर एक लाख ४० हजारमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ३८ हजार चार सयमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको छ ।
