
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको लामिछानेको मुद्दा गत वैशाख २३ गते हेर्न नमिल्ने सूचीमा परेको थियो ।
जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । लामिछानेले जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
