कस्तो रहला आजको मौसम ?

काठमाडौँ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी,बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश र बाँकी पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।

कोशी प्रदेश लगायत बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।