
२७ वैशाख, काठमाडौं। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा हराएका दुई पांग्रे सवारी (मोटरसाइकल र स्कुटर) फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीका अनुसारआइतबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए।
हराएका सवारी फेला परेपछि खुसी व्यक्त गर्दै सवारी धनीले ट्राफिकलाई खादा लगाउँदै लड्डुसमेत खुवाएका थिए। सवारी चोरी गर्ने क्रम बढेको भन्दै ट्राफिकले ह्विल लक लगाउन,जीपीएस तथा साइरन जोड्न समेत सवारी धनीलाई अनुरोध गरेको छ।
