
२६ असार, तनहुँ। तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् ।
नदीको बिचम अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीको भनाइ छ ।
